विराटनगरमा भारतिय सवारीसाधनबाट अवैध रकम असुल गर्ने ३ जना पक्राउ

विराटनगर । भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनका चालकहरूलाई अनाधिकृत रूपमा दबाब दिई अवैध रकम असुल गरी आर्थिक लाभ लिएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत असार १४ गते करिब १४:३० बजे विराटनगर महानगरपालिका–१५ स्थित २ नं. ढाट नजिक रहेको यात्रु सहायता शाखामा भारतीय नम्बर प्लेटका सवारी साधनका चालकहरूलाई अनाधिकृत रूपमा दबाब दिई रकम असुल गरिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले सो गतिविधिमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा मोरङ विराटनगर–१३ बस्ने ६३ वर्षीय सुरेश कर्ण,विराटनगर–०१ बस्ने ४४ वर्षीय सञ्जय केवट र विराटनगर–१५ बस्ने ६७ वर्षीय नरेन्द्र थापा रहेका छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖