जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ (असार १५ सम्म) को लागुऔषध नियन्त्रण विवरण सार्वजनिक

धनकुटा, असार १५ । जिल्ला प्रहरी कार्यालय धनकुटाले आर्थिक वर्ष २०८१/०८२ र चालु आर्थिक वर्ष २०८२/०८३ (असार १५ सम्म) को लागुऔषध नियन्त्रणसम्बन्धी विवरण सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल ५७ मुद्दा दर्ता भई ८८ जना मानिस पक्राउ परेका छन्। सो अवधिमा ३० ग्राम २२४ मिलिग्राम खैरो हेरोइन, ४१९४ किलो १८० ग्राम गाँजा तथा विभिन्न प्रकारका ४०९८ थान ट्याब्लेट/क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी चालु आर्थिक वर्ष २०८२/०८३ को असार १५ गतेसम्म ३६ वटा मुद्दा दर्ता भई ५७ जना (पुरुष ५५, महिला २) पक्राउ परेका छन्।

उक्त अवधिमा २५ ग्राम १४७ मिलिग्राम खैरो हेरोइन, १७७५ किलो २९५ ग्राम गाँजा तथा विभिन्न प्रकारका २७१२ थान ट्याब्लेट/क्याप्सुल बरामद गरिएको छ।

प्रहरीका अनुसार सोही अवधिमा ३४ जना लागूऔषध दुर्व्यसनीलाई सुधार गृह पठाइएको छ भने ५ जनालाई अभिभावकको जिम्मा लगाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖