पाख्रीबासका सहिद राईको सम्मान र परिवारको आधारभूत आवश्यकता सुनिश्चित गर्न रास्वपाको माग

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिले जेनजी आन्दोलनका शहिद पाख्रीबास नगरपालिका–१० चुंगवाङ फलामेटोल निवासी छत्रमान कुथुमी (पारुहाङ) राईको स्थायी सम्मान तथा उनका परिवारको आधारभूत आवश्यकता सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

रास्वपाले जेनजी आन्दोलनका प्रतिनिधि सहितले अघि सारेका मागहरूको फलोअपका क्रममा सहिद परिवारका केही माग सम्बोधन भए पनि अधिकांश माग अझै पूरा हुन बाँकी रहेको जनाएको छ।

रास्वपाका अनुसार सहिद परिवारका छोराछोरीको शिक्षाको व्यवस्था गरिएको छ। विशेष राहतस्वरूप उपलब्ध गराउने भनिएको ६० हजार रुपैयाँमध्ये हालसम्म १० हजार रुपैयाँ मात्र प्रदान गरिएको र बाँकी ५० हजार रुपैयाँ उपलब्ध गराउने विषय अझै अन्योलमा रहेको बताइएको छ।

त्यसैगरी, परिवारलाई खाद्यान्न, वस्त्र र आवासजस्ता आधारभूत आवश्यकता परिपूर्ति, नियमित स्वास्थ्य सेवा उपलब्ध गराउने, उत्तरपानीदेखि चुंगवाङ फलामेटोलसम्मको सडकलाई ‘छत्रमान कुथुमी राजमार्ग’ नामकरण गर्ने तथा शहिदको स्मृतिमा टोलमा सालिक स्थापना गर्ने कार्य अझै हुन नसकेको रास्वपाले जनाएको छ।

रास्वपा पाख्रीबासले सहिद परिवारका मागहरू शीघ्र सम्बोधन गर्न पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ र वडा नम्बर–१० का अध्यक्ष हरि खत्री समक्ष आवश्यक पहलका लागि अनुरोध गरेको छ।

नगर प्रमुख ज्ञानबहादुर गुरुङले सहिद कुथुमीकी छोरीलाई एक गैरसरकारी संस्थाको सहयोगमा पाख्रीबास स्थित शीतलादेवी माध्यमिक विद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था गरिएको जानकारी दिए। अन्य मागका सम्बन्धमा सम्बन्धित वडाबाट कुनै सिफारिस प्राप्त नभएको उनको भनाइ छ।

यस विषयमा वडा कार्यालयसँग आवश्यक समन्वय भइरहेको रास्वपा पाख्रीबास नगर सभापति विष्णु बिक्रम निरौलाले जानकारी दिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖