धनकुटाको हिलेबाट खैरो हिरोइन सहित एक जना पक्राउ

धनकुटा । जिल्लाको धनकुटा नगरपालिका १ हिले स्थित बुद्द चोकबाट खैरो हिरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी हिलेबाट खटिएको टोलीले गत असार १७ गते चेकजाँचका क्रममा संखुवासभा धर्मदेवी नगरपालिका–१ निवासी २९ वर्षीय अनिल घिसिङको साथबाट ६ पोका खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरेको हो।

बरामद पदार्थको तौल प्लास्टिकसहित ३८० मिलिग्राम र प्लास्टिकबाहेक २५० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका घिसिङविरुद्ध जिल्ला अदालत धनकुटाबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖