धनकुटा कांग्रेसमा पहिरो, संविधानसभा सदस्य अञ्जना ताम्ली सहित १९ जनाले गरे पार्टी परित्याग

धनकुटा । धनकुटामा पूर्व संविधानसभा सदस्य अञ्जना ताम्ली सहित १९ जनाले नेपाली कांग्रेस परित्याग गरेका छन्।

नेपाली कांग्रेसको समानुपातिकतर्फबाट दोस्रो संविधानसभामा सदस्य रहेकी ताम्ली सहित कोशी प्रदेश सदस्य मिना राईले केन्द्रीय समितिलाई पत्र पठाएर पार्टी परित्याग गरेको जानकारी दिएका हुन्।

पार्टीमा बसेर काम गर्ने वातावरण नरहेको र पछिल्लो समय देखिएको वैचारिक मतभेदका कारण पार्टी छाड्न बाध्य भएको उनीहरूले केन्द्रीय समितिलाई बुझाएको पत्रमा उल्लेख गरेका छन्।

पार्टी परित्याग गर्ने अन्य नेताहरूमा क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई तथा क्रियाशील सदस्यहरू भोलामान ताम्ली, कृष्ण लिम्बु, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बु, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णु भक्त लिंखा, प्रविणा तुम्सा, सुजन लिम्बु, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन लिम्बु रहेका छन्।

रेडियो धनकुटासँग कुरा गर्दै अञ्जना ताम्लीले अहिलेको अवस्थामा कांग्रेसमा बस्न नसकिने बताइन्। समयसँगै पार्टीभित्र आफू अटाउन नसकेको अनुभूति भएको र आफूलाई साथ दिने नेता तथा कार्यकर्ताहरूबाट पनि पार्टी छाड्न दबाब आएको उनको भनाइ छ। उनले पार्टी सभापति गगन थापाको अभिव्यक्तिलाई उल्लेख गर्दै “दास र लासहरूको कार्यकर्ता बनेर बस्न नसकिने” टिप्पणी पनि गरिन्।
z
z

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖