गृहमन्त्री सुधन गुरुङद्वारा जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण तथा निशान भगवती मन्दिरमा पुगेर गरे दर्शन
धनकुटा । माननीय गृहमन्त्री सुधन गुरुङले आइतबार जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न गरेका छन्।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले ड्युटी अधिकृत कक्ष, अपराध अनुसन्धान शाखा, हिरासतलगायत कार्यालयका विभिन्न शाखाको अवलोकन गर्दै समग्र प्रहरी गतिविधिबारे जानकारी लिएका थिए।
उक्त अवसरमा उनले सेवाग्राहीलाई केन्द्रमा राखेर उनीहरूको समस्या पहिचान गर्दै छिटो, छरितो र प्रभावकारी सेवा प्रवाहलाई निरन्तरता दिन प्रहरीलाई निर्देशन दिएका छन्। साथै नागरिकमैत्री र जिम्मेवार प्रहरी सेवा प्रदान गर्न विशेष जोड दिएका थिए।
त्यसपछि गृहमन्त्री गुरुङले धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिरमा पुगेर दर्शन तथा पूजा–आराधना गरेका छन्।
गृहमन्त्रीको भ्रमणका क्रममा स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।


