विपद् उद्धारका लागि धनकुटा प्रशासनको २४ सै घण्टा हटलाइन सेवा सञ्चालन
धनकुटा,२३ असार । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा हुने कुनै पनि आपत्कालीन तथा विपद्जन्य घटनाको छिटो उद्धार, समन्वय र सहजीकरणका लागि २४सै घण्टा सञ्चालन हुने सम्पर्क तथा हटलाइन नम्बर सार्वजनिक गरेको छ।
कार्यालयले सूचना जारी गर्दै जिल्लाभित्र कुनै पनि किसिमका आपत्कालीन वा विपद् सम्बन्धी घटना घटेमा वा त्यस्तो सम्भावना देखिएमा तत्काल जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा जानकारी गराउन अनुरोध गरेको छ।
प्रशासनका अनुसार जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सम्पर्क नम्बर ०२६–५२३६३१ रहेको छ भने निःशुल्क हटलाइन नम्बर ११४९ मा २४सै घण्टा सम्पर्क गर्न सकिनेछ।
कार्यालयले विपद्का घटनामा समयमै सूचना उपलब्ध गराए उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने भएकाले सर्वसाधारणलाई आवश्यक परेमा यी नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।



