अविरल वर्षाको सम्भावना: धनकुटा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

धनकुटा, असार २९ । जिल्ला प्रशासन कार्यालय धनकुटाले अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मौसम बुलेटिनका आधारमा जारी सूचनामा देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ। यससँगै बाढी, पहिरो, भूक्षय, कटान, गेग्रान, बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी गर्न प्रशासनले अनुरोध गरेको हो।

प्रशासनले आकस्मिक बाढी आउन सक्ने खोला, खहरे र नदीको बाटो हुँदै यात्रा नगर्न तथा पहिरोको जोखिम रहेका स्थान र नदी किनारका बस्तीका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तह, स्वयंसेवक र सम्बन्धित निकायलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

जोखिमयुक्त राजमार्ग तथा सडकमा आवश्यक परे तत्काल प्रयोग गर्न सकिने गरी डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न तथा विपद् व्यवस्थापनमा संलग्न साझेदार संस्थाहरूलाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वयमा रहन भनिएको छ।

प्रशासनले वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा सुरक्षित राख्न र आवश्यक पर्दा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

त्यसैगरी, भेडेटार–रवि–राँके सडकखण्ड तथा मूलघाटदेखि पाँचथरको सिमानासम्म भारी वर्षाका बेला जोखिमको अवस्था मूल्याङ्कन गरेर मात्र सवारीसाधन सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖