धनकुटाको हिलेमा कोशी प्रदेशको भू–उपयोग नीति र भूमि व्यवस्थापन विधेयक माथि सुझाव संकलन

धनकुटा । कोशी प्रदेश भू-उपयोग नीति तर्जुमाका लागि नीति संकलन तथा प्रदेश भूमि व्यवस्थापन सम्बन्धी प्रस्तावित विधेयकको प्रारम्भिक मस्यौदामाथि छलफल, अन्तरक्रिया एवं सुझाव संकलन गोष्ठी हिलेमा सम्पन्न भएको छ।

कार्यक्रम प्रदेश सचिव कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुली प्रमुख अतिथि रहनु भएको थियोे । यस्तै राज्यमन्त्री उमाकान्त गौतम विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

गोष्ठीमा मोरङ, धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाका जिल्ला समन्वय प्रमुखहरू तथा सम्बन्धित जिल्लाका स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा सहभागीहरूले प्रदेश भूमि व्यवस्थापन सम्बन्धी प्रस्तावित विधेयकको प्रारम्भिक मस्यौदामाथि विस्तृत धारणा राख्दै आवश्यक संशोधन, सुधार तथा स्थानीय आवश्यकता समेट्नुपर्ने विषयमा सुझाव दिएका थिए। साथै स्थानीय तहमा देखिएका जग्गा प्रशासन, भूउपयोग, स्वामित्व, अभिलेख व्यवस्थापन तथा भूमि व्यवस्थापनसँग सम्बन्धित व्यावहारिक समस्याहरू प्रस्तुत गर्दै ती समस्याको समाधान हुने गरी विधेयक परिमार्जन गर्न आग्रह गरेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖