धनकुटामा एक पुरुष मृत अवस्थामा फेला

धनकुटा, असार ३२ । धनकुटाको धनकुटा नगरपालिका–६ गोठ गाउँस्थित खोल्सामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

बिहीबार दिउँसो करिब २:०० बजे स्थानीयवासीले ४४ वर्षीय भरत भन्ने प्रेम न्यौपाने खोल्सामा मृत अवस्थामा रहेको जानकारी प्रहरीलाई दिएका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा घटनास्थलमा SOCO (क्राइम सिन) टोलीसहितको मुचुल्का टोली खटिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि दिउँसो ४:२० बजे जिल्ला अस्पताल धनकुटा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖