धनकुटाको तमोर नदीमा हाम फालेर आत्महत्या गर्ने तयारीमा रहेका व्यक्तिको सकुशल उद्धार

धनकुटा । सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी ४३ वर्षीय सोमबहादुर तामाङलाई धनकुटाको तमोर नदीको पुलबाट प्रहरीले सकुशल उद्धार गरेको छ।

प्रहरीका अनुसार सोमबहादुरले घरायसी विवादका कारण को १ ह ६५८४ नम्बरको अटोमा धनकुटातर्फ जाँदै तमोर नदीमा हाम फालेर आत्महत्या गर्ने भन्दै परिवारलाई फोनमार्फत जानकारी गराएका थिए।

यस सम्बन्धी सूचना बिहीबार साँझ करिब ४ः३० बजे इलाका प्रहरी कार्यालय धरानबाट जिल्ला प्रहरी कार्यालय धनकुटामा प्राप्त भएपछि प्रहरी चौकी मुलघाटबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) रबिन तामाङको कमाण्डमा प्रहरी टोली तत्काल परिचालन गरिएको थियो।

खोजतलासका क्रममा धनकुटा नगरपालिका–९ स्थित तमोर नदीको पुलमा सोमबहादुर सकुशल फेला परेका थिए। प्रहरीले उनलाई सुरक्षित रूपमा उद्धार गरी अटोसहित प्रहरी चौकी मुलघाटमा ल्याएको तथा उनका आफन्तलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖