धनकुटामा प्रतिबन्धित औषधि सहित एक जना पक्राउ
धनकुटा । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत धनकुटाबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यले सञ्चालन भइरहेको अभियानअन्तर्गत प्रहरी टोलीले लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, साथै मनोपरामर्श र जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ।
यसैक्रममा साउन ४ गते दिउँसो प्रहरी चौकी त्रिबेणीबाट खटिएको टोलीले धनकुटाको शहिदभूमि गाउँपालिका–१ मा भोजपुरको हतुवागढी गाउँपालिका–९ निवासी २३ वर्षीय हिलसन राईलाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट प्रतिबन्धित औषधिका ६० क्याप्सुल बरामद गरेको जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।


