तस्करीको अडियो विवादः सशस्त्र प्रहरीमाथि फेरि प्रश्न, निष्पक्ष छानबिनको माग

सञ्जय मिश्रा/रौतहट, ७ साउन। भारत–नेपाल सीमामा तस्करी नियन्त्रणको जिम्मेवारी सम्हालिरहेको सशस्त्र प्रहरी बल फेरि विवादमा तानिएको छ।

बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक गणेश बोहराले कथित तस्करसँग संवाद गरेको भनिएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको सत्यतथ्यबारे निष्पक्ष छानबिन गर्न स्थानीयवासी तथा व्यापारीहरूले माग गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको उक्त अडियोमा तस्करीका लागि बाटो सुझाइरहेको जस्तो आवाज सुनिएको दाबी गरिएको छ। तर अडियोको आधिकारिक पुष्टि भने भइसकेको छैन। त्यसैले सम्बन्धित निकायले अडियोको प्रामाणिकता परीक्षण गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग बढ्दै गएको छ।

स्थानीय व्यापारीहरूका अनुसार दैनिक उपभोगका लागि ल्याइने साना सामानमा सशस्त्र प्रहरीले कडाइ गर्ने गरेको भए पनि संगठित तस्करीमा संलग्न समूहहरू भने निर्बाध रूपमा सक्रिय रहेको आरोप छ। उनीहरूका अनुसार सरमुजवा, खापलगायत सीमावर्ती नाकाबाट रातिको समयमा कपडा, किराना, मदिरा, कस्मेटिक, हार्डवेयर तथा कवाडजस्ता सामग्री अवैध रूपमा नेपाल भित्रिने क्रम रोकिएको छैन।

व्यापारीहरूले प्रस्तावित भन्सार गुल्म गौरका प्रमुख डीएसपी प्रेमसागर बिष्टको कार्यकालमा पनि तस्करी नियन्त्रण अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्।

जिल्ला भन्सार कार्यालय गौरको तथ्यांकले पनि फरक चित्र देखाउँछ। आर्थिक वर्ष २०८२र८३ मा सशस्त्र प्रहरीले करिब ४ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार बुझाएको थियो। सोही अवधिमा नेपाल प्रहरीले भने ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएको तथ्यांक सार्वजनिक भएको छ।

रौतहटमा तस्करी नियन्त्रणका लागि नम्बर ११ हेक्वा, प्रस्तावित भन्सार गुल्म गौर, ४ वटा बोर्डर आउट पोस्ट ९बीओपी० र ८ वटा सीमा सुरक्षा पोस्ट सञ्चालनमा छन्। यति ठूलो सुरक्षा संयन्त्र हुँदाहुँदै पनि राजस्व चुहावट र संगठित तस्करी नियन्त्रणमा अपेक्षित सफलता हासिल हुन नसकेको भन्दै स्थानीयले सुरक्षा संयन्त्रको कार्यसम्पादनमाथि निष्पक्ष मूल्याङ्कन गर्न र दोषी प्रमाणित हुने जोसुकैमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

यस विषयमा सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले सार्वजनिक भएको अडियोबारे जानकारी संकलन भइरहेको र बुझिसकेपछि आवश्यक प्रतिक्रिया दिने बताएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।