धनकुटामा प्रमुख जिल्ला अधिकारीद्वारा तमोर करिडोर र पुल आयोजनाको निरीक्षण, विपद्का लागि तयारी अवस्थामा रहन निर्देशन

धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा सहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गत साउन ७ गते तमोर करिडोरअन्तर्गत मूलघाटदेखि नावाखोलासम्मको सडक तथा पुल आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न, विपद्को समयमा आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न, सडकमा बनेका खाल्टा–खुल्टी तत्काल पुर्न तथा राजमार्गमा सवारीसाधनको आवागमन निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

त्यसैगरी टोलीले फलामेटार प्रहरी चौकी, मूलघाट प्रहरी चौकी तथा सशस्त्र प्रहरी बलको मूलघाटस्थित विपद् व्यवस्थापन गुल्मको समेत निरीक्षण गरेको थियो।

निरीक्षणका क्रममा वर्षायाममा हुन सक्ने प्राकृतिक विपद्लाई ध्यानमा राखी उद्धार तथा राहतका लागि आवश्यक तयारी चुस्त राख्न सुरक्षा निकायलाई निर्देशन दिइएको जनाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।