धनकुटाको सांगुरीगढी स्थित आहाले स्वास्थ्य चौकीमा नियमित खोप, सरसफाइ तथा गर्भवती महिला प्रोत्साहन रकम वितरण कार्यक्रम सम्पन्न

हिराराज राई,धनकुटा ।धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ स्थित आहाले स्वास्थ्यचौकीमा नियमित खोप सेवा, सरसफाइ सचेतना तथा गर्भवती महिलाहरूलाई प्रोत्साहन रकम वितरण कार्यक्रम सम्पन्न भएको छ।

आहाले स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर राईको अध्यक्षतामा बिहीबार आयोजित कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जितेन्द्र राई, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष मुना राई, अतिथि स्वास्थ्य शाखा प्रमुख उमेश खनाल, समाजसेवी नरेन्द्र राई लगायत स्थानीय दिदीबहिनीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँच पूरा गरेका सात जना गर्भवती महिलाहरूलाई सुरक्षित मातृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यका लागि गाउँपालिकाले विनियोजन गरेको बजेटबाट प्रतिव्यक्ति रु. २ हजार ५०० का दरले प्रोत्साहन रकम वितरण गरिएको थियो।

प्रोत्साहन रकम प्राप्त गर्ने महिलाहरू अस्मिता राई, यमुना राई, ननिसा राई, मित्रमाया राई, रञ्जिता राई, शर्मिला राई र जमुना राई रहेका छन्।

कार्यक्रममा बालबालिकाका लागि नियमित खोप सेवा सञ्चालन गरिनुका साथै समुदायमा सरसफाइ तथा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले सुरक्षित मातृत्व, नियमित स्वास्थ्य परीक्षण र खोप सेवाले आमा तथा शिशुको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमलाई गाउँपालिकाले निरन्तर प्राथमिकता दिँदै आएको बताए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।