खोटाङका एक युवक नागढुङ्गा चेकपोस्टबाट १७ ग्राम ब्राउन सुगर सहित पक्राउ
काठमाडौं । काठमाडौंको नागढुङ्गा चेकपोस्टबाट १७ ग्राम ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९८५५ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा एक यात्रुको साथबाट प्रतिबन्धित लागूऔषध बरामद भएको हो।
नागढुङ्गा चेकपोस्ट र लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले बसमा सवार खोटाङ रावाबेँसी गाउँपालिका–४ का ३६ वर्षीय डिल्ली निरौलाको खानतलासी गर्दा उनले लुकाइछिपाइ ल्याएको १७ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागूऔषधसहित निरौलालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


