शिक्षा मन्त्रीको राजिनामा पछि क्रकोच संस्थापकले भने, ‘अझै दुई माग पुरा हुन बाँकी छ’
नयाँ दिल्ली, ९ साउन । प्रश्न पत्र चुहावट प्रकरणमा भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा दिए पछि यतिखेर जन्तरमन्तरमा भारतीय बिधार्थीहरूले बिजयोत्सव मनाइरहेका छन् ।
शिक्षा मन्त्री प्रधानले सामाजिक सञ्जालमार्फत आफुले राजिनामा दिएको र प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजिनामा पत्र बुझाएको जानकारी गराए लगत्तै जन्तरमन्तर, नयाँ दिल्लीमा धर्नामा बसेका बिधार्थीहरूले खुसीयाली मनाएका हुन ।
मन्त्री प्रधानको राजिनामा आए पछि कक्रोच जनता पार्टीका अभिजित दीपकको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ।
‘संसार झुक्छ, मात्र त्यसलाई झुकाउन सक्ने क्षमता भएको व्यक्तिको आवश्यकता पर्छ,’ कक्रोचका संस्थापक अभिजित दिपकले भने, ‘पहिले भनिन्थ्यो कि यो सरकारको पालामा राजीनामा हुँदैन तैपनि राजीनामा भयो। मानिसहरू म कहिलेसम्म अडिग रहन्छु भनेर सोध्थे, ३६ दिनसम्म मलाई हरेक दिन सोधिन्थ्यो कि राजीनामा नहुने हो कि भनेर तर सरकार झुक्यो। उनीहरू भन्थे कि क्रान्ति हुने छैन, तैपनि क्रान्ति भयो नै।’
यतिखेर राजधानी शहर नयाँ दिल्लीको जन्तर मन्तरमा अभिजित दिपके र उनका समर्थकहरू शिक्षा मन्त्री प्रधानको राजीनामाको खुसी मनाउँदै छन्। विरोध प्रदर्शन स्थलमा हर्षोल्लासपूर्ण वातावरण रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
उनले मन्त्रीको राजिनामा पछि अझै दुई माग कायमै रहेको जानकारी पनि गराएका छन् ।
‘यो लोकतन्त्र हो, उनले राजीनामा दिइसकेका छन् तर हाम्रा अझै दुईवटा मागहरू छन्। हामी यसै फर्कने छैनौं।’
उनले अगाडी भने, ‘धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। तर आत्महत्या गरेका बालबालिकाका परिवारले एक करोड रुपैयाँ क्षतिपूर्ति पाउनुपर्छ। उनीहरूले यो पाउनैपर्छ, ती सबै परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति। र दोस्रो, २० तारिखका दिन जसरी ती गुण्डा शैलीका प्रहरीहरूले व्यवहार गरे, त्यसका लागि ती प्रहरी अधिकारीहरूमाथि कारबाही हुनैपर्छ, याद राख्नुहोस्, क्रकोचसँग नजिस्किनु होस्।’


