धनकुटाको पाख्रिबासमा बजार अभाव र महँगो दानाबीच पनि बंगुरपालनमा श्यामबहादुरको निरन्तर संघर्ष

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–९ उत्तरपानीका श्यामबहादुर योञ्जन तामाङले विगत एक दशकदेखि सञ्चालन गर्दै आउनुभएको व्यावसायिक बंगुरपालन व्यवसायले राम्रो आम्दानी दिइरहेको भए पनि बजारको अनिश्चितता र महँगो दानाका कारण व्यवसाय सञ्चालनमा चुनौती थपिएको छ।

सुरुवातमा परम्परागत बाँसको खोरमा बंगुर पाल्दै आउनुभएका तामाङले जिल्ला पशु विकास कार्यालय बाट रु १ लाख अनुदान पाए पछि बंगुर व्यवसाय गर्ने हाैसला मिलेको थियोे । उहाँलाई पशु विकास कार्यलयका प्राविधिकको थप सुझावपछि २०७२ सालमा श्याम बंगुरपालन उद्योग दर्ता गरी आधुनिक ढंगबाट व्यवसाय सञ्चालन गर्नुभएको हो।

उहाँकी श्रीमती रामज्वती योञ्जनसँगै बंगुरपालनमा सक्रिय रहनुभएका तामाङले प्रदेश सरकारबाट पाँच लाख रुपैयाँ अनुदान स्वीकृत भएपछि १० वटा आधुनिक खोर निर्माण गर्नुभएको थियो। तर कोरोना महामारीका कारण लकडाउन भएको समयमा अनुदान रकममध्ये चार लाख रुपैयाँ मात्र प्राप्त भएको उहाँले बताउनुभयो।

हाल उहाँले १० वटा माउ बंगुरबाट पाठापाठी उत्पादन गर्दै वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ। तर बंगुर दानाको मूल्य लगातार बढ्नु, बंगुरको उचित बजार मूल्य नपाइनु र मूल्यमा हुने उतारचढावका कारण व्यवसाय सञ्चालन गर्न कठिनाइ भइरहेको उहाँको भनाइ छ।

एक वर्ष घाटा भए पनि अर्को वर्ष राम्रो मूल्य पाइएला भन्ने आशामा व्यवसायलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो। व्यावसायिक किसानहरूले उत्पादनको उचित मूल्य, सुलभ दाना र स्थिर बजार व्यवस्थापनका लागि सरकारले सहयोग गरे व्यवसाय सञ्चालन गर्न सहज हुने बताएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।