धनकुटाको भेडेटारमा सञ्चालित स्काई वाकद्वारा गोलखाडी माविकी छात्रा रुमा राई नगदसहित सम्मानित

धनकुटा । धनकुटाको भेडेटारमा सञ्चालित स्काई वाकले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा साँगुरीगढी गाउँपालिकाभित्रका विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्ने एक छात्र र एक छात्रालाई नगदसहित सम्मान गरेको छ।

छात्रातर्फ साँगुरीगढी गाउँपालिका–७ स्थित गोलखाडी माध्यमिक विद्यालयकी छात्रा रुमा राई सम्मानित भएकी छन्। राईले २०८२ सालको एसईई परीक्षामा ३.६५ जीपीए प्राप्त गरी गाउँपालिकाभित्र उत्कृष्ट नतिजा हासिल गरेपछि स्काई वाकले नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो।

गोलखाडी माध्यमिक विद्यालयका प्रधानाध्यापक खेलबहादुर इवाहाङका अनुसार स्काई वाकले दोस्रो वार्षिकोत्सवको अवसर पारेर शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्दै अध्ययनप्रति थप हौसला प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।