सुनसरीको झडपले बिराटनगरका बिधालय स्वस्फूर्त बन्द
विराटनगर, १२ साउन । छिमेकी जिल्ला सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जको घटना पछि सुरु भएको प्रदर्शनका कारण विराटनगरका शैक्षिक संस्था बन्द भएका छन ।
आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भए पछि त्रासले बिराटनगरको बिधालय बन्द भएका हुन ।
विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालयहरू स्वतः स्फूर्त रूपमा बन्द गरिएको स्थानिय रामप्रसाद दाहालले जानकारी दिएका छन ।
बिराटनगर महानगरपालिकाका महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले भने कार्यालय सुचना जारी नगरे पछि आज स्वतस्फूर्त बिधालय बन्द भएको सुचना आएको जानकारी दिए ।


