सुनसरीको कोशी कटान क्षेत्रमा तनाव चर्कियो, आगजनी र तोडफोड

सुनसरी । सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले विभिन्न स्थानमा आगजनी, तोडफोड तथा लुटपाट गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ।

प्रहरीका अनुसार देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले पसलहरूमा तोडफोड, लुटपाट र आगजनी गर्नुका साथै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको छ।

प्रदर्शनकारीहरूले सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै यातायात आवागमनसमेत प्रभावित बनाएका छन्।

गत आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। त्यसयता क्षेत्रको सुरक्षा अवस्था संवेदनशील बनेको छ।

घटनापछि स्थानीय प्रशासनले दक्षिणी क्षेत्रका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्युका बीच पनि सोमबार दिनभर प्रदर्शन जारी रहेपछि मंगलबार पनि कर्फ्युलाई निरन्तरता दिइएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु लागू गरिएको छ। साथै हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।