ट्रकको ठक्करबाट बालक सहित तीन जनाको मृत्यु

कपिलवस्तु — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ।

नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले दुई वटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–२ गैडहवाका १२ वर्षीय पैदलयात्री आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ गनौरियाका करिब ४५/४६ वर्षीय विजयकुमार गुप्ता र सोही वडाका करिब ७५ वर्षीय भोल्लर कुर्मी रहेका छन्।

दुर्घटनाका क्रममा ट्रकले सडक छेउमा पार्किङ गरी राखिएको लु १४ प ५५०५ नम्बरको मोटरसाइकललाई समेत क्षति पुर्‍याएको छ।

घटनापछि ट्रक र चालक मोरङको विराटनगर महानगरपालिका–४ निवासी ४२ वर्षीय रोहित राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि केही समय अवरुद्ध भएको बहादुरगञ्ज–तौलिहवा सडकखण्ड हाल सञ्चालनमा आएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।