विश्वप्रसिद्ध बारा गढीमाई मन्दिरमा गहना चोरी प्रकरण : सिसिटिभी फुटेज सार्वजनिक गर्न स्थानीयको माग

सञ्जय मिश्रा,

रौतहट, १३ साउन।

बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा ताला फोडेर गहना चोरी भएको घटनाप्रति स्थानीयवासीले गम्भीर चासो व्यक्त गर्दै सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरेका छन्।

यही साउन १० गते राति मन्दिरबाट चार थान बहुमूल्य गहना चोरी भएको घटनाको निष्पक्ष छानबिन, दोषीको तत्काल पहिचान गरी कानुनी कारबाही तथा मन्दिरमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेज सार्वजनिक गर्न माग गर्दै स्थानीयले बुधबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेका हुन्।

पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका निवर्तमान सभापति चन्दन कुमार स्वर्णकारले धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको गढीमाई मन्दिरमै चोरी हुनु गम्भीर विषय भएको उल्लेख गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार चोरी भएका गहनामा चाँदीको मुकुट, सुनको जलप लगाइएको चाँदीको हार, सुनको तिलहरी र सुनको हार रहेका छन्।

उता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले मन्दिरमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेजका आधारमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

एसपी कुँवरका अनुसार घटनामा संलग्न व्यक्तिहरूको हालसम्म पहिचान हुन नसकेको र उनीहरूको खोजी तथा अनुसन्धानलाई तीव्र बनाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।