धारिलो हतियार प्रहार गरी आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ
रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ हुसीखोलामा छोराले आफ्नै बाबुको हत्या गरेका छन्।
प्रहरीका अनुसार सानीभेरी गाउँपालिका–८ हुसीखोला निवासी अन्दाजी २६ वर्षीय पारस घर्तीले आफ्ना बुवा ठगेन्द्र घर्तीमाथि धारिलो हतियार हँसियाले टाउकोको पछाडिको भागमा प्रहार गरेका थिए।
गम्भीर चोट लागेका ठगेन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले आरोपी पारस घर्तीलाई तत्काल नियन्त्रणमा लिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


