टिप्परको ठक्करबाट एक पुरुषको मृत्यु, चालक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ दक्षिण रहटकोलस्थित सडकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

बुधबार राति करिब ११ः२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिप्परले हालसम्म नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ढाड, छाती तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो। प्रारम्भिक उपचार संजीवनी सामुदायिक अस्पताल, चन्द्रौटामा गरिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान २ः०७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले टिप्पर चालक शिवराज नगरपालिका–५ निवासी ३७ वर्षीय सूरज चौधरीलाई नियन्त्रणमा लिएको छ।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।