मोरङमा भरुवा बन्दुक र १.५ किलो गाँजा सहित एक जना पक्राउ

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडामा भरुवा बन्दुक र लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १३ गते राति करिब १०ः१० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा–१० निवासी ५६ वर्षीय बलबहादुर राईको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरको भान्सा कोठाभित्र लुकाइराखिएको अवस्थामा एक थान भरुवा बन्दुक तथा घर नजिकै रहेको गोठमा लुकाइराखिएको १.५ किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले भरुवा बन्दुक र गाँजासहित बलबहादुर राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।