कानेपाेखरी- रङ्गेली सडकखण्डमा माेटरसाइकलकाे ठक्करबाट घाइतेको उपचारका क्रममा  मृत्यु

माेरङ, १४ साउन ।  कानेपाेखरी- रङ्गेली सडक खण्ड अन्तर्गत कानेपाेखरी ७ वरगाछीमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका ७५ वर्षीय हर्कबहादुर गजमेरकाे उपचारका क्रममा  मृत्युु भएको छ ।

 

कानेपाेखरी अस्थायी प्रहरी चाैकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण थापाका अनुसार कानेपाेखरीबाट रङ्गेली तर्फ जाँदै गरेकाे प्रदेश १-०२-०६०प ९८६७ नम्बरको माेटरसाइकलले मङ्गलबार बिहान कानेपाेखरी ५ घलेटाेलका गजमेरलाई ठक्कर दिएकाे थियाे ।

 

गजमेरलाई तत्काल उद्दार गरी उपचारका लागि  विराटनगर स्थित न्युराे अस्पताल पठाइएको थियाे । गजमेरकाे उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरी सहायक निरीक्षक थापाले जानकारी दिनुभयो ।माेटरसाइकल चालक कानेपाेखरी ५ छकमकटाेलका २४ वर्षीय सुमन चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको छ ।

 

माेटरसाइकल चालक चाैधरी र पछाडि सवार २१ वर्षीय भगत थारु सकुसल रहेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।