सांसद पौडेल माथि कालोमसी प्रकरणः दुई युवक पक्राउ, थप संलग्नको खोजी जारी

सञ्जय मिश्रा,
रौतहट, १४ साउन।

रौतहट क्षेत्र नम्बर ४  का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालोमसी प्रहार तथा दुर्व्यवहार गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भने अझै जारी रहेको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन ७ गते साँझ गढीमाई नगरपालिका–७ पर्सा गाउँस्थित मठ मन्दिर नजिक सांसद पौडेल जनतासँग गुनासो सुनुवाइ कार्यक्रममा सहभागी भइरहेका बेला केही व्यक्तिहरूले ‘मधेश मुक्ति अभियान जिन्दावाद’ लगायतका नारा लेखिएका पर्चा छर्दै पछाडिबाट कालोमसी प्रहार गरेका थिए। घटनापछि उनीहरू फरार भएका थिए।

 

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट संयुक्त टोली परिचालन गरिएको थियो। सोही क्रममा बुधबार दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए।

 

पक्राउ पर्नेमा गढीमाई नगरपालिका–५ का स्थायी बासिन्दा भई वडा नं। ७ धनहारी गाउँ बस्ने २० वर्षीय शेख इवरान र गढीमाई नगरपालिका–३ गम्हरिया गाउँका १९ वर्षीय ईर्फान अन्सारी रहेका छन्।

 

उनीहरूमाथि ‘अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको तथा घटनामा संलग्न फरार अन्य व्यक्तिहरूको खोजी तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।