झापाको दमकबाट खैरो हेरोइन र ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

झापा । झापाको दमकबाट खैरो हेरोइन र ट्रामाडोल क्याप्सुलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साउन १५ गते दिउँसो करिब ३:३० बजे दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडकमा लागूऔषध खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरीले को ३४ प २६८९ र मे ६ प १८२७ नम्बरका दुई वटा स्कुटरसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

बरामद लागूऔषधमध्ये १ ग्राम ५२० मिलिग्राम खैरो हेरोइन र ट्रामाडोल हाइड्रोक्लोराइड (Tramal-50) लेखिएका ४ हजार ९६० क्याप्सुल रहेका छन्।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराका ३४ वर्षीय बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका–२ की २३ वर्षीया रोमी लिम्बु र झापाको दमक नगरपालिका–७ का २२ वर्षीय करण मल्लिक रहेका छन्।

प्रहरीले पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।