ईरानी मिसाइल आक्रमणमा ज्यान गुमाएका तेह्रथुमका सोम तामाङको शव मध्यरातमा नेपाल ल्याइयो
काठमाडौँ । ईरानी मिसाइल आक्रमणमा कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोम कुमार तामाङको शव शनिबार मध्यरातमा नेपाल ल्याइएको छ।
४४ वर्षीय तामाङ सन् २०२२ देखि कुवेतमा चालकका रूपमा कार्यरत थिए। गत बिहीबार उत्तरी कुवेतस्थित एक चिनियाँ कम्पनीको भवनमा ईरानी मिसाइल प्रहार हुँदा उनको मृत्यु भएको थियो।
परराष्ट्र मन्त्रालयले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
नेपालस्थित कुवेत दूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग समन्वय गरी शव स्वदेश ल्याउने प्रक्रिया पूरा गरेको जनाएको छ।


