धनकुटाको पाख्रिबास स्थित जालपादेवी क्याम्पसको नवनिर्मित भवन उद्घाटन, ९औँ क्याम्पस सभा सम्पन्न

धनकुटा, साउन १८ । धनकुटाको पाख्रिबासस्थित जालपादेवी क्याम्पसको नवनिर्मित भवन उद्घाटन गरिएको छ। गत साउन १७ गते आयोजित एक कार्यक्रमबीच संघीय सांसद तथा पूर्वमन्त्री राजेन्द्र कुमार राईले भवनको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा विभिन्न जनप्रतिनिधि, शिक्षा क्षेत्रका व्यक्तित्व, क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले नवनिर्मित भवनले क्याम्पसको शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने, विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने तथा उच्च शिक्षाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

यसै अवसरमा क्याम्पसको ९औँ क्याम्पस सभा पनि सम्पन्न गरिएको थियो। सभाको खुला सत्र सम्पन्न भएपछि बन्द सत्र सुरु गरिएको भए पनि गणपूरक संख्या नपुगेका कारण सञ्चालक समितिको चयन हुन नसकेको क्याम्पस प्रमुख लोकेन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार सञ्चालक समिति चयनका लागि आगामी साउन ३१ गते पुनः क्याम्पस सभा आयोजना गरिनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।