धनकुटामा ६ रोपनीमा लगाइएको १,९०० गाँजाका बोट फडानी गरी नष्ट
धनकुटा । धनकुटामा प्रहरीले अवैध रूपमा लगाइएको गाँजा खेती नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाअन्तर्गत इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी आँखिसल्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–१ र ७ का विभिन्न स्थानमा लगाइएको गाँजा फडानी गरेको हो।
प्रहरीका अनुसार करिब ६ रोपनी क्षेत्रफलमा लगाइएको १ हजार ९ सय गाँजाका बेर्ना तथा बोट फडानी गरी नष्ट गरिएको छ।
अवैध लागूऔषध नियन्त्रण अभियानअन्तर्गत सोमबार (साउन १९) सञ्चालन गरिएको उक्त अभियानमा गाँजा खेती पूर्ण रूपमा नष्ट गरिएको जिल्ला प्रहरीले जनाएको छ।


