धनकुटामा १ हजार गाँजाका बोट फडानी गरी नष्ट
धनकुटा, साउन २१ — धनकुटाको शहीदभूमि गाउँपालिका–३ का विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले करिब ३ रोपनी क्षेत्रफलमा लगाइएको १ हजार गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको हो।
प्रहरीले जिल्लामा अवैध लागूऔषध खेती नियन्त्रण तथा न्यूनीकरण अभियानअन्तर्गत गाँजा खेती फडानी गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ।


