धनकुटामा ५ सय गाँजाका बोट फडानी गरी नष्ट
धनकुटा, साउन २२ । जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहत रहेको अस्थायी प्रहरी पोस्ट बेलहाराबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका–९ का विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजाखेती नष्ट गरेको छ।
प्रहरी टोलीले करिब ३ रोपनी क्षेत्रफलमा लगाइएको ५०० वटा गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
प्रहरीले अवैध लागूऔषध नियन्त्रण अभियानअन्तर्गत गाँजाखेती फडानी तथा नष्ट गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ।


