रास्वपा धनकुटाले अन्तर्राष्ट्रिय युवा दिवसमा सातवटै स्थानीय तहमा कार्यक्रम गर्ने

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्लाका सातै स्थानीय तहमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ।

रास्वपा धनकुटाको जिल्ला समितिको भर्चुअल बैठकले स्थानीय तहका सभापतिहरूको सहभागितामा विभिन्न सामाजिक, वातावरणीय तथा युवा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। जिल्ला सभापति भुवन थापाको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय आवश्यकता र सरोकारवालासँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ।

निर्णय अनुसार धनकुटा नगरपालिकामा सरसफाइ तथा वृक्षरोपण कार्यक्रमसँगै धनकुटा अस्पतालमा आवश्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउन रक्तदाता पहिचान तथा ‘ब्लड आइडेन्टिफिकेसन’ कार्यक्रम सञ्चालन गरिनेछ।

पाख्रिबास नगरपालिकामा विद्यालयहरूमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम गरिनेछ भने महालक्ष्मी नगरपालिकामा वडा नम्बर ४, ५ र ६ का सार्वजनिक तथा धार्मिक स्थलमा सरसफाइ गरिनेछ भने नगरको केन्द्र जितपुरमा जितपुर अस्पतालसँगको समन्वयमा रक्तदाता पहिचान कार्यक्रम सञ्चालन गरिने रास्वपाले जनाएको छ।

त्यस्तै, छथर जोरपाटी गाउँपालिकामा जोरपाटी र सिंधुवा बजारस्थित सार्वजनिक, धार्मिक तथा सांस्कृतिक महत्वका स्थलमा सरसफाइ कार्यक्रम गरिनेछ।

सहिदभूमि गाउँपालिकामा धार्मिक स्थल संरक्षण, पर्यटन प्रवर्द्धन, लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना अभिवृद्धि तथा समग्र पालिकाको विकासका विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ।

साँगुरीगढी गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा युवा सहभागितासम्बन्धी अन्तरक्रिया कार्यक्रम र चौबिसे गाउँपालिकामा प्रसिद्ध पर्यटकीयस्थल राजारानी ताल क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको रास्वपा धनकुटाले जनाएको छ।

रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सञ्चालन हुने यी कार्यक्रमलाई स्थानीय आवश्यकता र सरोकारवालासँगको समन्वयमा प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।