किरात राई यायोक्खा धनकुटाले यसरी मनायो आफ्नो ३९ ओै स्थापना दिवस
धनकुटा । किरात राई यायोक्खा धनकुटाले आफ्नो ३९ ओै स्थापना दिवस मनाएको छ ।
उस्ले धनकुटा सदरमुकाम राईकुवा टोलमा साकेला थान नजिक नव निर्मित भवनमा दिप प्रज्वलन गरि स्थापना दिवस मनाएको हो ।
किराया जिल्ला अध्यक्ष उद्वमणी राईको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रममा सुम्निमा जिल्ला अध्यक्ष विश्वकला राई,कर्मचारी संघ जिल्ला अध्यक्ष रेजिना राई,धनकुटा बहुमुखी क्याम्पसका प्राध्यपक ईच्छापूर्ण राई,संस्थाका निवर्तमान सदस्य उमेश राई लगायतको उपस्थिती थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष मन कुमारी राईले गर्नु भएको थियो ।




