पाख्रीबासमा विविध कार्यक्रम सहित मनाइयो विश्व आदिवासी दिवस

धनकुटा । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् धनकुटाको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस पाख्रीबासमा विविध कार्यक्रमसहित मनाइएको छ।

‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने नारासहित आयोजित कार्यक्रममा आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र समावेशी सहभागिताका विषयमा चर्चा गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले आदिवासी जनजातिले प्राप्त गरेका अधिकारको संरक्षण गर्दै थप अधिकारका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। राज्यका सबै तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, महासंघका पूर्व तथा निवर्तमान अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, एकल जातीय संस्थाका प्रतिनिधि, जनजाति अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।

दिवसका अवसरमा समाज तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित हुनेमा पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, समाजसेवी निरोज गुरुङ, जनजाति महासंघ पाख्रीबास नगर समन्वय समितिका लागि जग्गा उपलब्ध गराउने जग्गादाता अर्जुन गुरुङ, पूर्व नगर अध्यक्ष हरिबहादुर राई र थर्कमान श्रेष्ठ रहेका छन्।

कार्यक्रममा विभिन्न जातजातिको भाषा, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक झाँकी तथा प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् धनकुटाका अध्यक्ष नवीनकिशोर शाक्यले दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको बताए। उनले आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि महासंघले निरन्तर काम गर्दै आएको जानकारी दिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।