आदिवासी जनजाति महासंघ पाख्रीवास नगर अध्यक्षमा अम्बिका गुरुङ
धनकुटा । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् पाख्रीवास, धनकुटाको तेस्रो नगर अधिवेशनले अम्बिका गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
आइतबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा यज्ञबहादुर राईलाई चयन गरेको छ। त्यस्तै, सचिवमा दीपक भुजेल, सहसचिवमा सरोज श्रेष्ठ र कोषाध्यक्षमा सन्तबहादुर गान्छाकी मगर सर्वसम्मत चयन भएका छन्।
त्यस्तै सदस्यमा हरिकुमार माङवुङ आठपहरिया र लोकबहादुर देवानलाई चयन गरेको छ।
पाख्रीवास नगर समन्वय परिषद्मा १० वटा जातीय संस्था आबद्ध छन्। बाँकी सदस्यमा किराँत याक्थुङ चुम्लुङ, नेपाल तामाङ घेदुङ, नेपाल शेर्पा संघ र नेपाल माझी उत्थान संघबाट एकल जातीय संस्थाको प्रतिनिधित्व हुने गरी मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले बताइन्।
पाख्रीवास नगरपालिकाका प्रमुख तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् धनकुटाका पूर्व सदस्य ज्ञानबहादुर गुरुङको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो।

