रास्वपा पाख्रीबासद्वारा लागुऔषध दुर्व्यसन विरुद्द सचेतना कार्यक्रम सम्पन्न(फोटो फिचर)

धनकुटा, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लागुऔषध दुर्व्यसन विरुद्द सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पाख्रीबास नगरपालिका–४ स्थित जालपादेवी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा जालपादेवी माविसहित शीतलादेवी मावि, सयपत्री मावि र दिव्यज्योति माविका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रहरी चौकी हिलेका इन्चार्ज प्रहरी नायब निरीक्षक दीपक कटुवालले लागुऔषध के हो, यसको सेवनबाट हुने असर, लागुऔषधका प्रकार, दुर्व्यसनका चरण तथा लक्षण, दुर्व्यसनमा फस्नुका कारण र त्यसबाट बच्ने उपायबारे सहजीकरण गरेका थिए ।

यस्तै, हेल्पिङ हेन्ड धनकुटाका प्रतिनिधिहरूले लागुऔषध दुर्व्यसनसँग सम्बन्धित आफ्ना अनुभव तथा सचेतनामूलक जानकारी सहभागीहरूसँग साझा गरेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पाख्रीबासका इन्चार्ज प्रहरी नायब निरीक्षक एकबहादुर बस्नेत, वरिष्ठ पत्रकार सञ्जय सन्तोषी राई, जालपादेवी माविका प्रधानाध्यापक निर्मल रिमाललगायत विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता रास्वपा पाख्रीबास नगर समितिका सभापति विष्णु विक्रम निरौलाले गरेका थिए ।

कार्यक्रम इलाका प्रहरी कार्यालय पाख्रीबास र हेल्पिङ हेन्ड धनकुटाको सहकार्यमा सम्पन्न भएको हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖