धनकुटामा पाँच रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी नष्ट
धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिका–१ का विभिन्न स्थानमा लगाइएको अवैध गाँजा प्रहरीले फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा करिब पाँच रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरेको हो।
प्रहरीका अनुसार फडानीका क्रममा करिब ४ हजार ५ सय गाँजाका बेर्ना तथा बोट नष्ट गरिएको छ। फडानीपछि गाँजाका बोटहरू जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ।
अवैध लागूऔषध गाँजाको खेती नियन्त्रण तथा रोकथामका लागि प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।


