धनकुटामा ९.५ रोपनी क्षेत्रफलमा लगाइएको ७,२०० गाँजाका बोट फडानी गरि गरियो नष्ट
धनकुटा, २९ साउन । धनकुटाको शहीदभूमि गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखिसल्ला र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–२, ३ र ६ का विभिन्न स्थानमा करिब ९.५ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरेको हो।
प्रहरीका अनुसार उक्त क्षेत्रबाट करिब ७ हजार २ सय गाँजाका बेर्ना तथा बोटहरू फडानी गरी नष्ट गरिएको छ।
अवैध लागूऔषध गाँजाको उत्पादन तथा कारोबार नियन्त्रणका लागि प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा निगरानी तथा अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।


