मोरङको कानेपोखरीमा २.५० ग्राम खैरो हेरोइन सहित एक जना पक्राउ

मोरङ, ३० साउन । मोरङको कानेपोखरी गाउँपालिका–६ नरसरी डाँडाबाट प्रहरीले २.५० ग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

लागूऔषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले साउन २९ गते चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा कानेपोखरी गाउँपालिका–४ बस्ने २४ वर्षीय निमेश घिमिरेको साथबाट प्लास्टिकबाहेक २.५० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले घिमिरेलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖