बोलबम यात्रामा ज्यान गुमाएका दम्पतीको एउटै चिहानमा अन्त्येष्टि

सञ्जय मिश्रा,
रौतहट, ३० साउन । भारतको झारखण्डमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका रौतहटका एक दम्पतीको शनिबार एउटै चिहानमा अन्त्येष्टि भएकाे छ । 

 

दुर्घटनामा मृत्यु भएका १२ वर्षीय बालकको शव भने प्रादेशिक अस्पताल गौरको शवगृहमा राखिएको छ । बोलबम यात्राका लागि रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीबाट भारतको बाबाधाम गएका तीर्थयात्री सवार बस शुक्रबार बिहान झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार भारतमा पोस्टमार्टम सम्पन्न भएपछि मृतकका आफन्तले शनिबार बिहान करिब ८ः३० बजे शव नेपाल ल्याएका थिए । नेपाल ल्याइएका गरुडा–६ पोठियाहीका ६५ वर्षीय नवलकिशोर चौधरी र उनकी श्रीमती ६२ वर्षीया श्रीमती सुन्दरकला देवीको शव झाँझ खोलास्थित शिवनगर घाटमा पुर्‍याइएको छ । दम्पतीको एउटै चिहानमा अन्त्येष्टि भइरहेको प्रहरीले जनाएको छ ।

दम्पतीको शव एउटै फर्कीमा राखेर घरबाट झाँझ खोलाको किनारमा रहेको घाटसम्म लगिएको थियो । अन्त्येष्टिस्थलमा इलाका प्रहरी कार्यालय शिवनगरबाट प्रहरी टोलीसमेत खटाइएको छ । दुर्घटनामा मृत्यु भएका सोही स्थानका राजेश महतोका १२ वर्षीय छोरा शिवम महतोको शव भने प्रादेशिक अस्पताल गौरको शवगृहमा राखिएको छ । उनका बुवा रोजगारीका सिलसिलामा विदेशमा रहेकाले बुवा नेपाल फर्किएपछि मात्रै अन्त्येष्टि गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

 

गरुडा–६ पोठियाहीबाट गत आइतबार बाबाधाम यात्राका लागि छुटेको ना ६ ख १५५४ नम्बरको बसमा करिब ४५ जना तीर्थयात्री सवार थिए । बासुकीनाथ दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा शुक्रबार बिहान करिब ३ बजे सतगावाँ क्षेत्रमा बस मालवाहक ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा बसको अगाडिको भागमा ठूलो क्षति पुगेको छ । दुर्घटनालगत्तै सतगावाँ प्रहरीले घटनास्थलमा पुगेर घाइते तीर्थयात्रीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुसन्धानमा बस चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेकाले अहिल्यै यकिन निष्कर्षमा पुग्न नसकिने प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु तथा घाइते भएका अधिकांश तीर्थयात्री गरुडा–६ पोठियाहीकै रहेको बताइएको छ । घटनापछि पोठियाही गाउँ शोकमा डुबेको छ । दुर्घटनाको खबर पाएलगत्तै मृतक तथा घाइतेका आफन्त विभिन्न सवारीसाधन रिजर्भ गरी भारत पुगेका थिए । उनीहरूले घटनास्थल तथा घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेर आफन्तको अवस्थाबारे जानकारी लिएका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖