जाजरकोटमा पहिरोमा परी बेपत्ता आमा–छोरा मृत फेला

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ फारुल्लामा पहिरोमा परी बेपत्ता भएका आमा–छोरा मृत अवस्थामा फेला परेका छन्।

शनिबार खसेको पहिरोमा परी बेपत्ता भएका रती खत्री र उनका छोरा ५४ वर्षीय ओमसिंह खत्री मृत अवस्थामा फेला परेका हुन्। पहिरोले घर तथा आसपासका क्षेत्रमा क्षति पुर्‍याएपछि उनीहरू बेपत्ता भएका थिए।

घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइतेहरूको सुर्खेत तथा जाजरकोटस्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

पहिरोपछि सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा खोजी तथा उद्धार कार्य गरिएको थियो। मृतक आमा–छोराको शव फेला परेसँगै घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।