वीरगञ्जबाट ५०.७ ग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ
वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले ५०.७ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले साउन ३१ गते वीरगञ्ज महानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका–४ का २४ वर्षीय सम्साद देवन र बिन्दबासिनी गाउँपालिका–५ का २२ वर्षीय सनप्राज शेख रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ५०.७ ग्राम खैरो हेरोइन, एक थान मोबाइल र ‘अन टेस्ट’ मोटरसाइकल बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्जमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

