धनकुटामा चार रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी नष्ट
धनकुटा, भदौ १ । धनकुटाको शहीदभूमि गाउँपालिकामा प्रहरीले अवैध रूपमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–४ का विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजा फडानी गरेको हो।
प्रहरीका अनुसार करिब चार रोपनी क्षेत्रफलमा रहेका १ हजार ५ सय गाँजाका बेर्ना तथा बोटहरू फडानी गरी नष्ट गरिएको छ।
प्रहरीले अवैध लागूऔषध गाँजाको उत्पादन तथा कारोबार नियन्त्रणका लागि अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

