आफ्नै भवनमा परोहाको सेवाः एउटै परिसरबाट प्रशासन, स्वास्थ्य र कृषि सुविधा

सञ्जय मिश्रा,

रौतहट, २  भदौ । रौतहटको दक्षिणी सीमावर्ती क्षेत्रस्थित परोहा नगरपालिका अब आफ्नै आधुनिक प्रशासनिक भवनबाट नागरिकलाई सेवा दिन थालेको छ।

लामो समयसम्म भाडाका तथा अस्थायी संरचनाबाट सञ्चालन हुँदै आएको नगरपालिकाको प्रशासनिक सेवा आफ्नै सुविधासम्पन्न भवनमा सरेसँगै सेवाग्राहीलाई सहजता भएको छ।

नगर प्रमुख शेख वकिलको पहलमा निर्माण सम्पन्न भएको नवनिर्मित प्रशासनिक भवनको केही दिनअघि विशेष समारोहबीच उद्घाटन गरिएको थियो। उद्घाटनसँगै नगरपालिकाका दैनिक प्रशासनिक कामकाज तथा सेवा प्रवाह नयाँ भवनबाट सञ्चालनमा आएका छन्।

नगरपालिकाका अनुसार करिब १३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको भवनमा ३५ वटा कोठा र एउटा सभाहल छन्। भवन निर्माणमा संघीय सरकार र नगरपालिकाको ५०–५० प्रतिशत लगानी रहेको बताइएको छ।

करिब पौने दुई बिघा क्षेत्रफलमा फैलिएको नगरपालिकाको परिसर अब केवल प्रशासनिक केन्द्रका रूपमा सीमित रहने छैन। यही परिसरमा प्रशासनिक भवनसँगै कृषि भवन र नगर अस्पतालका संरचनासमेत निर्माण गरिएको छ।

नगर प्रमुख वकिलका अनुसार यी सबै संरचना पूर्ण रूपमा सञ्चालनमा आएपछि नगरवासीले एउटै परिसरबाट प्रशासनिक, स्वास्थ्य र कृषि सेवा प्राप्त गर्न सक्नेछन्।

यसले सेवाग्राहीलाई एउटा कामका लागि नगरपालिका, अर्को कामका लागि स्वास्थ्य संस्था र कृषि सेवाका लागि छुट्टै कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने अपेक्षा गरिएको छ।

नयाँ प्रशासनिक भवन सञ्चालनमा आएपछि सेवाग्राहीका लागि सेवा प्रवाह थप छिटो, सहज र व्यवस्थित हुने नगरपालिकाको विश्वास छ।

नगर प्रमुख वकिलले आधुनिक पूर्वाधारसहितको भवनले नगरपालिकाको प्रशासनिक कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताउँदै नागरिकलाई पारदर्शी, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउनेछन् भने कृषि भवनमार्फत किसानलाई प्राविधिक परामर्श तथा आवश्यक कृषि सेवा उपलब्ध गराउन सहज हुनेछ।

एउटै परिसरमा प्रशासन, स्वास्थ्य र कृषि सेवा उपलब्ध भएपछि सेवाग्राहीको समय, श्रम र आर्थिक खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ।

स्थानीय नागरिक अगुवाहरूले नवनिर्मित प्रशासनिक भवनलाई परोहा नगरपालिकाको पूर्वाधार विकाससँगै सुशासन र प्रभावकारी सेवा प्रवाहतर्फको महत्वपूर्ण कदम का रूपमा लिएका छन्।

नगरपालिकाको प्रशासनिक केन्द्र लौकाहा बजारमा रहेको छ। आफ्नै आधुनिक भवन सञ्चालनमा आएसँगै परोहाले अब नागरिकलाई थप व्यवस्थित, प्रविधिमैत्री र सेवाग्राहीकेन्द्रित सेवा दिने अपेक्षा गरिएको छ।

परोहाको नयाँ प्रशासनिक भवन केवल कार्यालय सञ्चालन गर्ने संरचना मात्र नभई एकै छानामुनि नागरिकका विविध आवश्यकता पूरा गर्ने सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य नगरपालिकाले अघि सारेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।