मोरङको सुन्दरहरैँचामा एक पुरुष मृत फेला
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित लोहरद्रा केराबारी साझेदारी वन कार्यालयको उत्तरतर्फ रहेको टिकको वन क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
स्थानीयका अनुसार अन्दाजी ५०/६० वर्ष उमेरका पुरुष वन क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन्।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली घटनास्थल पुगेको छ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

