लागूऔषध सहित झापा, मोरङ र सुनसरीबाट ७ जना पक्राउ

विराटनगर, भदौ ४ गते। झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ७ जनालाई पक्राउ गरेको छ।

झापाको हल्दिबारी गाउँपालिका–२ कदमचोकबाट प्रहरी चौकी हल्दिबारीको टोलीले भद्रपुर नगरपालिका–७ का २८ वर्षीय सुबास राजवंशीलाई १ ग्राम ५५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० संगम टोलबाट इलाका प्रहरी कार्यालय पथरीको टोलीले २३ वर्षीय घनश्याम बस्नेतलाई ५ ग्राम ८६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–८ बाट प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का २६ वर्षीय निकेश माझी, इटहरी–८ का २२ वर्षीय युवराज विक, मोरङ केरावारी गाउँपालिका–१ का २१ वर्षीय रेजन विश्वकर्मा र झापा मेचीनगर नगरपालिका–८ का २१ वर्षीय सन्देश राउत रहेका छन्।

उनीहरूको साथबाट ट्रामाडोल ९४१ क्याप्सुल, डाइसाइक्लोमाइन १ हजार २३० ट्याब्लेट, ब्राउन सुगर ६०० मिलिग्राम, को ३६ प ५५४७ नम्बरको मोटरसाइकल र नगद ५३ हजार २१० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–१६ बाट इलाका प्रहरी कार्यालय धरानको टोलीले २१ वर्षीय विदुर कार्कीलाई स्पास्पेन ४२८ ट्याब्लेट र ट्रामोल ५४८ ट्याब्लेटसहित पक्राउ गरेको छ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।