गैँडाकोटमा हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा सकुशल फेला
नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा सकुशल फेला परेका छन्।
घरबाट हराएपछि बालकको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका थिए। निरन्तर खोजी गर्ने क्रममा भदौ ४ गते बिहान ९ः४० बजे घरदेखि करिब १.५ किलोमिटर उत्तरतर्फको जंगलमा बालक फेला परेका हुन्।
सशस्त्र प्रहरीका अनुसार बालकको अवस्था सामान्य रहेको छ। बालक हराएपछि तीन दिनसम्म गरिएको खोजीपछि सकुशल फेला परेपछि परिवार तथा स्थानीयवासीले राहत महसुस गरेका छन्।

